श्रीमती मारेर तीन महिनासम्म फ्रिजमा लुकाउने श्रीमानलाई मृत्युदण्ड


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

साङ्घाइका एक युवकलाई श्रीमतीको हत्याको दोषी ठहर गर्दै बुधबार अदालतले मृत्युदण्डको सजायँ तोकेको छ ।

३० वर्षे झु जियाओदोंगले होंगकु जिल्लाको साङ्घाईस्थित घरमा गत अक्टोबर १८ तारिखमा झगडा हुँदा ३० वर्षे श्रीमती याङ लिपिङको घाँटी थिची हत्या गरकोे चाइनाडेलीले बताएको छ ।

हत्यापछि झुले श्रीमतीलाई सिरकले बेरेर एक सय पाँच दिनसम्म फ्रिजभित्र राखेको बताइएको छ । यो अवधिभर उनले श्रीमती बनेर सोसल नेटवर्किङ अकाउन्टमा साथीभाइ, आफन्त र आमाबुवाले पठाएको मेसेजको रिप्लाईसमेत दिएको अदालतले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झुले गत फेब्रुअरी १ तारिखमा आत्मसमर्पण गरेका हुन् । त्यसदिन ससुराको जन्मदिनको पार्टीमा उपस्थित हुनुपर्ने थियो त्यसपछि घटनालाई अब लुकाउन नसक्ने सोचेपछि उनले आत्मसमर्पण गरेको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com