यस्तो देखिए रोनाल्डोको परिवार युभेन्सटको जर्सीमा


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

इटालियन च्याम्पियन युभेन्टसले यो सिजन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई भित्र्यायो । युरोपियन च्याम्पियन रियल मड्रिडबाट ३३ वर्षका रोनाल्डोलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग बढेको छ ।

रोनाल्डोले सिरी ए को डेब्यु खेलमा गोल गर्न सकेनन् । तर उनले परम्परागत खेलमा भने गोल गरेका थिए । रोनाल्डोले आफ्नो प्रभाव सिरी ए मा पार्ने तयारी गरिरहेका छन् भने युभेन्टस फ्यानले उनीबाट धेरै आश गरिरहेका छन् ।

यहि बिचमा रोनाल्डोले युभेन्टसप्रतिको आफ्नो स्नेह र लगाव फेरि देखाउँदै आएका छन् विभिन्न तरिकाले ।

रोनाल्डोले पछिल्लो पटक एउटा तस्बिर सेयर गरेका छन् । जसले युभेन्टस प्रेमलाई संकेत गर्छ । त्यसमा रोनाल्डो र उनीकी प्रेमिका तथा तीन छोरा र एक छोरीले युभेन्टसको जर्सी लगाएका छन् ।

रोनाल्डो र उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले कालो रंगको अवे जर्सी लगाएका छन् । यस्तै तीन छोरा र एक छोरीले युभेन्टसको चर्चित कालो–सेतो चेक भएको जर्सी लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com