पठायो मलेसियाले नेपाललाइ एमओयू मस्यौदा
प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार
मलेसियाले नेपाली कामदार विषयमा द्विपक्षीय समझदारी (एमओयू) गर्न औपचारिक प्रस्ताव पठाएको छ । मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत आएको (एमओयू)को मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा आइपुगेको हो ।
नेपालले भिसा प्रक्रियामा अवैधानिक र एकपक्षीय संयन्त्रहरु खडा गरी ठगी गरिएको भन्दै मलेसियमा कामदार पठाउन रोकेको दुई महिना बढी भइसकेको छ । मलेसियाले पठाएको एमओयूको मस्यौदा विषयमा छलफल सुरु भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
पछिल्लो समयमा मलेसियामा सुरक्षा क्षेत्रमा कामदार अभाव चर्किएको छ । सुरुआतमा बेवास्ता गरे पनि अहिले मलेसिया आफैं नेपालसँग औपचारिक सम्वादमा आएको छ ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले एओयूमार्फत नै नेपालसँग उत्पन्न असमझादी र समस्या हटाएर नेपालबाट कामदार आपूर्ति सुचारु गर्ने बताइसकेकका छन् । नेपाली कामदार लैजान मलेसिया आतुर देखिएको र नेपालले उठाएको समस्यालाई गम्भीर रुपले लिएकाले पनि धेरै लामो सयममा यो अन्योलको स्थिति बाँकी नहरने दावी उनीहरुको छ ।
मलेसियाले हालै पठाएको मस्यौदामाथि श्रम मन्त्रालयमा वृहत्तर छलफल सुरु भएको छ । मलेसियाले पठाएको एमओयूको ड्राफ्टमा नेपाली कामदारको हितका कस्ता(कस्ता विषयहरुहरु थप गरेर प्रस्ताव गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न विज्ञहरुसँग पनि छलफल गरिरहेको बताइएको छ ।
केही चरणमा छलफल र मस्यौदा आदान प्रदान भएपछि सहमति जुटाएर मलेसिया मानव संशाधनमन्त्री नेपाल आउने योजना बनेको छ । श्रम मन्त्रालयका अधिकारी भने छलफल तीव्र रुपमा अघि बढेकाले मलेसियासँगको समस्या छिट्टै समाधान हुनेमा आशावादी छन् ।