Follow @khasokhasmag

छाडे पाकिस्तान प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडी खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका छन ।

५२४ जना कर्मचारी मात्र भएको प्रधानमन्त्री निवास छाडी उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।

प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार रहेपनि खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् ।बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा गर्ने खानले बताएका छन ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com