क्यानाडका प्रधानमन्त्री दोस्रो कार्यकालका लागि उम्मेदवार


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गर्नुभएको छ ।
लिबरल पार्टीका नेता जस्टिनलाई मन्ट्रियल जिल्लाबाट सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । यस जिल्लाबाट उहाँ सन् २००८ देखि लगातार विजयी हुँदै आउनुभएको छ । उहाँ सन् २०११ र २०१५ मा पुनः विजयी हुनुभएको थियो ।

जस्टिनले समर्थकहरुलाई सम्बोधन गर्दै बलियो मुलुक र बलियो विश्व बनाउने अभियानमा आफूले प्रयास गर्ने बताउनुभयो । उहाँले धनी र गरिबबीचको खाडललाई न्यून गर्ने प्रतिज्ञा गर्दै आदिवासी समुदायको आर्थिक सामाजिक उन्नतिका लागि काम गर्ने बताउनुभयो ।

सन् २०१९ अक्टोबर २१ मा हुने संसदीय निर्वाचनलाई मध्यनजर गरी गत जुलाईको मध्यमा ट्रुडोले आफ्नो सरकारमा फेरबदल गर्नुभएको थियो । यहीबीच विश्व व्यापारमा तनाबको स्थिति पनि उत्पन्न भएको छ र यसले ट्रुडोमाथि दबाब सिर्जना गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com