३ वर्षकी बालिका चर्को घाममा स्कुल बसभित्र थुनिएपछि निसास्सिएर मृत्यु


प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार

थाइल्याण्डमा स्कुल गएकी ३ वर्षकी बालिका स्कुल बसभित्र थुनिइन् । बस चर्को घाममा पार्किङ गरियो र ड्राइभरले बस लक गरेर गए । बालिका दिनभर चर्को घामले तातेको बसभित्र थुनिइन् । तातो बाफले निसास्सिएर उनको मृत्यु भएको छ ।

बुधबार दिउँसो दक्षिणी थाइल्याण्डको पट्टानीमा भेटिँदा नुरा नादिया नामकी ती बालिकाको नाकबाट रगत बगिरहेको थियो र उनको ज्यान गइसकेको थियो । ती बालिकालाई स्कुल लैजानको लागि बसले उनको घरबाट स्कुलसम्म ल्याएको थियो । बसमा यात्राको क्रममा ती बालिका निदाइन् । ड्राइभर २३ वर्षका अहामा सनायले सबै बालबालिकालाई बसबाट निकाले तर उनी निदाएको देखेनन् । त्यसपछि उनी बस लक गरेर गए ।

नुरा बिउँझिँदा शायद त्यहाँ कोही थिएनन् । उनी भित्रै थुनिइन् । त्यहाँको तापक्रम ३५ डिग्री सेन्टिग्रेड थियो । यस्तोमा तातो बाफमा निसास्सिँदा उनको मृत्यु भयो । उनकी आमा बेलुका ४ बजे स्कुल आइन् र नर्सरीको गेटमा छोरीलाई पर्खिन् । छारी नआएपछि उनले शिक्षकहरुलाई खबर गरिन् । आत्तिएका स्कुल स्टाफले खोज्दै बसमा जाँदा नुराको ज्यान गइसकेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com