अमेरिकामा चोरेर उडाएको जहाज दुर्घटना


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ।

अधिकारीहरूका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार शुक्रवार अबेर ‘अनाधिकृत’ रूपमा विमान उडाएका थिए।

उनको त्यस्तो कार्यपछि सियाटल-टकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो।

दुईवटा एफ-फिफ्टिन लडाकु जेट विमानहरूले सो विमानलाई पछ्याएका थिए।

किन विमान चोरे?

सो विमान पगेट साउण्ड भनिने विशाल सामुद्रिक क्षेत्रमा खसेको थियो। विमान चलाइरहेका व्यक्ति बाँचेको हुनसक्ने ठानिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय अधिकारीको कार्यालयले यो ‘आतंकवादी घटना नभएको’ बताउँदै विमान चोर्ने मानिस २९ वर्षीय स्थानीयवासी भएको जनाए।

उनले कसोकसो सन्तुलन कायम गर्न सके। त्यसपछि उनी टापुतर्फ लागे।
एकजना प्रत्यक्षदर्शी

एबीसी सेभेन न्यूजका अनुसार एकजना अधिकारी पोल प्यास्टरले ‘रमाइलोमा गरिएको जस्तो देखिएको सो कार्यले दुःखद मोड लिएको’ बताएका छन्।

उनले यस्तो किन गरे भन्ने स्पष्ट छैन्। तर एअर ट्राफिक कन्ट्रोलसँग भएका संवादको एउटा अडियो रेकर्डिङमा हराइजन एअरको सो विमान ती मानिसले उडाएपछि के भयो भन्ने बारे केही थाहा पाउन सकिन्छ।

सो रेकर्डिङमा ती मानिसले विमानमा कति इन्धन होला भनेर चिन्ता व्यक्त गरिरहेको सुनिन्छ।

प्रत्यक्षदर्शीले जे देखे
उनले ‘केही भिडिओ गेमहरू’ खेलेको बताउँदै सो विमान आफैँले अवतरण गर्न सक्नेतर्फ इंगित गरेका छन्।

एकजना प्रत्यक्षदर्शी जोन वोल्ड्रनले सो विमानले ‘पूरै फन्को मारेको’ देखेको सीएनएनलाई बताएका छन्।

ती प्रत्यक्षदर्शीले भने, “उनले कसोकसो सन्तुलन कायम गर्न सके। त्यसपछि उनी टापुतर्फ लागे।”

एक समयमा सो विमान समुद्रभन्दा १०० फिटमाथि नरहेको उनले आकलन गरेका छन।

अनुत्तरित प्रश्न
विमान आकाश उडिरहेको दृश्य खिचेकी लिया मोर्सले विमान देखेपछि ‘केही गलत भइरहेको’ भान आफूलाई भएको रोयटर्स समाचार संस्थालाई बताइन्।

अमेरिकी संघीय जाँच ब्यूरो-एफबीआईले छानबिनको जिम्मा लिएको उसबाट लिएको स्थानीय प्रहरी विभागले जनाएको छ।

घटनाको केही घण्टापछि, विमानस्थल सामान्य अवस्थामा संचालनमा आइसकेको सो विमानस्थलले ट्वीटरमा राखेको एउटा सन्देशमा जनाएको छ।

एउटा विमान कम्पनीका कर्मचारीले कसरी विमान चोर्न सके भन्ने बारे प्रश्नहरू उब्जिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com