Follow @khasokhasmag

इरफान खानले भने – म बिरामी छु र केही दिनमा मर्न सक्छु


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

इरफान खानको बलिउडमा अलग्गै पहिचान छ।भिन्न र चरित्रमा डुबेर शसक्त अभिनय गर्ने अभिनेताको रुपमा इरफान खानको सबैले तारिफ र प्रशंसा गर्छन्।

तर,यतिबेला इरफान आफ्नो जिवनको सबैभन्दा कठिन मोडमा छन्। न्यूरोएन्डोक्राइन क्यान्सरको उपचारको लागी लण्डनमा छन् ।

५१ बर्षीय इरफान बलिउडमा मात्र होइन हलिउडमा समेत छाएका थिए। तर उनलाई जटिल किसिमको क्यान्सरले अझैं शसक्त अभिनयद्धारा करोडौं दर्शकको मनमा छाउने बाटो लगभग बन्द गरिदिएको छ। जुन कुरा इरफान आफैले पनि बताएका छन्।

एक अन्तरनार्तामा इरफानले आफ्नो उपचारमा डाक्टरहरुले कुनै कसर नराखेका र स्वास्थ्यमा केहि सुधार आएको आफैले महसुश गरेपनी आफ्नो आयु लामो नभएको बताएका छन्। इरफानको भनाईबाट उनका करोडौं फ्यानहरु निराश भएका छन्।

इरफानले अगाडि भने- ‘यो दुँनियामा कुनैपनी मानिसको जीवनको ग्यारेन्टि हुँदैन।मलाई यस्तो लागिरहेको छ म मेरो घाटिमा एक बोर्ड बाँधेर त्यसमा यस्तो लेखुँ – म बिरामी छु र केही दिनमा मर्न सक्छु। मलाई यस्तो लाग्छ मेरो चारैतिर अध्यारो छ,मैले देख्न सकेको छैन मलाई जिन्दगीले के दिइरहेको छ।’

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com