शनिबार बिहान भएको भयानक सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएको बताइएको छ तर घाइते कति जना छन् भन्ने निश्चित भइसकेको छैन । भारतको महाराष्ट्रको रायगढ जिल्लामा बस २ सय फिट तल खसेपछि यति ठूलो संख्यामा यात्रुको मृत्यु भएको हो ।
प्राप्त जानकारीअनुसार महाराष्ट्रको बालेश्वरमा रायगढ र सीतारा जिल्लाको सीमा क्षेत्रमा दुर्घटना भएको हो । बस शनिबार बिहान दापोली एग्रिकल्चर युनिभर्सिटीबाट रायगढतर्फ जाँदै गरेको भारतीय दैनिक अमर उजालाले लेखेको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । उद्धार कार्य भइरहेको जनाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।