कान्टेलाई पिएसजी आउन एमबाप्पेको सुझाव


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले अर्का फ्रान्सका विश्वकप विजेता एंगोलो कान्टेलाई पेरिस सेन्ट जर्मेन पिएसजीमा आउन सुझाव दिएका छन् ।

विश्वकप ताका कान्टेलाई यसै समर ट्रान्सफरमा चेल्सी छाडेर पिएसजीमा आउन सुझाव दिएको  एमबाप्पेले बताएका हुन् । कान्टेले फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

कान्टेले लेस्टर सिटी र चेल्सीबाट एक–एक पटक प्रिमियर लिग उपाधि हात पारिसकेका छन् । पिएसजीले पनि कान्टेलाई भित्राउन तयारी सुरु गरेको बताइएको छ । पिएसजीले एक सय मिलियन पाउण्डमा कान्टेलाई खरिद गर्ने जनाइएको छ ।

चेल्सीले पनि कान्टेको अनुपस्थितीमा क्लव लियोनका टान्गुइ डोम्बेले भित्राउने कसरत सुरु गरेको छ । कान्टे सन् २०१६ मा ५२ मिलियन पाउण्डमा चेल्सीमा पाँच वर्षका लागि अनुबन्ध भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com