उत्तर कोरियाले बाचा पूरा गर्दै ? रकेट परिक्षण स्थल नष्ट पार्दै


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

उत्तर कोरियाले उत्तर पश्चिममा रहेको एउटा महत्वपूर्ण रकेट परिक्षणस्थल नष्ट पार्ने काम थालेको देखिएको छ ।

अमेरिकी निरिक्षण समूह ‘३८ उत्तर’ सोहाई स्टेशनको भुउपग्रह तस्बिरहरु हेर्दा  गत जुन महिनामा अमेरिकासँग गरेको बाचा पूरा गरिरहेको जस्तो देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनले रकेट इन्जिन परिक्षण स्थल नष्ट गर्ने बताएका थिए । यद्यपी, कुन स्थल भन्ने बारे यकिनका साथ उनले भनेका थिएनन् ।

प्योंगयांगले सोहाई एक भूउपग्रह प्रक्षेपण केन्द्र भएको बताउने गरेको छ ।

तर अमेरिकी अधिकारीले भने यो ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षणका निमित्त प्रयोग हुने गरेको आशंका गरेको छ ।

गत महिना ट्रम्प र जोंगबीच सिंगापुरमा भएको ऐतिहासिक भेटघाटमा कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निश्शस्त्रीकरण गर्ने विषयमा सहमती भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com