पोग्बा म्यान्यू छाडेर रोनाल्डोसँग खेल्न चाहान्छन्
प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार
France’s midfielder Paul Pogba celebrates with the World Cup trophy after the Russia 2018 World Cup final football match between France and Croatia at the Luzhniki Stadium in Moscow on July 15, 2018. / AFP PHOTO / FRANCK FIFE / RESTRICTED TO EDITORIAL USE – NO MOBILE PUSH ALERTS/DOWNLOADS FRANCK FIFE/AFP/Getty Images
फ्रान्सका विश्वकप विजेता पल पोग्बा इंग्लीस क्लव म्यानचेस्टर यूनाइटेड छाडेर पूर्व क्लव यूभेन्ट्सबाट खेल्न चाहान्छन् ।
टुटो स्पोर्ट्सका अनुसार पोग्बा म्यान्यूमा खुशी छैनन् । पोग्बाले हालै राष्ट्रिय टोलीका केहि सहकर्मीसँग म्यान्यू छाडेर आफ्नो पूर्व क्लव इटालिएन युभेन्ट्स जाने इच्छा व्यक्त गरेका थिए ।
हालै सम्पन्न विश्वकपमा पोग्बाले आफ्नो राष्ट्र फ्रान्सलाई विश्वकप जिताउन उल्लेखनीय भूमिका खेले । उनका पूर्व क्लव युभेन्ट्समा यतिबेला विश्व स्टार क्रिस्टियानो रोनाल्डोपनि आबद्ध भएका छन् ।






