इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

रोम, इटाली :माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहँुदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् ।

शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो ।

एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्य नजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाडिएको थियो ।

फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले सर्वप्रथम समस्यामा परेका यात्रसुलाई न्याय दिनु, सम्मान गर्नु र मानव तस्कर विरुद्ध साहस दिनु आवश्यक छ त्यसपछि मात्र यूरोपेली कानून अनुसार अघि बढ्नु उचित हुनेछ । (रासस÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com