चुनावमा हस्तक्षेप गरेको आरोपमा अमेरिकामा १२ रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले राष्ट्रपति ट्रम्प र पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने बताएको छ।

मस्कोले १२ जना रुसीविरूद्ध लगाइएका आरोपले आगामी साता हेलसिन्कीमा हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको प्रतिक्रिया दिएको छ।

तर राष्ट्रपति ट्रम्पकी एकजना प्रवक्ता सेराह सेन्डर्सले उक्त बैठक पूर्वनिर्धारित समयमै हुने बताएकी छन्।

ती रुसीहरूलाई एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिका अध्यक्षविरुद्ध गुप्तचरी गरेको र पार्टीका कम्प्युटरहरू ‘ह्याक’ गरेको आरोप लगाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरोपित
सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले आरोपित व्यक्तिहरूले गलत इमेल र सफ्टवेयरहरूको प्रयोग गरेको बताए।

उनले ‘ह्याकर’हरूले निर्वाचन गराउने निकायको वेभसाइट ‘ह्याक’ गरेर करिब ५ लाख मतदाताका विवरण पनि चोरी गरेको जनाएका छन्।

यदि रुसी सेनाले एउटा कुनै अमेरिकी राजनीतिक दलको मुख्यालयमा बम खसालिदिएको भए त्यसलाई युद्धको कदमका रूपमा हेरिन्थ्यो।

अमेरिकी राष्ट्रपतीय चुनावी अभियानका अध्यक्षको घरमा क्षेप्यास्त्र हानिएको भए पनि त्यस्तै अर्थ लाग्थ्यो।

तर त्यस्तो भएको छैन। अमेरिकी न्याय मन्त्रालयले रुसी सैनिक अधिकारीहरूले एउटा अमेरिकी राजनीतिक दल र उसका नेताहरूविरुद्ध साइबर हमला गरेको आरोप लगाएको छ। यसलाई पनि कम्तीमा त्यतिकै गम्भीर घटनाका रुपमा लिइनुपर्ने हुन्छ।

रोबर्ट मलर नेतृत्वको टोलीले गरेको जाँचपछि यस्तो निर्णय लिइएको हो। उक्त टोलीले रुसले गरेका आक्रमणहरूलाई खस्किएको साख र नीतिहरूमा आएका अवरोधसँग जोडेर हेर्नुपर्ने बताएको छ।

सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले शुक्रवार गरिएका घोषणाको राष्ट्रपति पुटिन र ट्रम्पबीचको भेटवार्तासँग कुनै सम्बन्ध नरहेको बताए। तर त्यसले दुई नेताबीचको शिखर बैठकलाई छायामा पार्ने पक्का छ।

हालै राष्ट्रपति ट्रम्पले अमेरिकाका साझेदारहरूको चर्को आलोचना गरेका थिए।

उनले अमेरिकाविरुद्ध साइबर नै सही तर एक किसिमको युद्ध जस्तै गतिविधिमा आफ्ना सेना संल्ग्न भएको आरोप खेपिरहेको देशका नेतासँग कस्ता कुरा गर्छन् त्यो विश्वले नजिकबाट नियाल्नेछ।

ट्रम्पले के भने?
रुसी गुप्तचर अधिकारीहरूलाई अभियोग लगाउनेबारे राष्ट्रपति ट्रम्पले यसै हप्ताको शुरूमा जानकारी दिइएको थियो।

उनी हाल भ्रमणका क्रममा संयुक्त अधिराज्यमा छन् र उनले ती अनुसन्धानलाई जालसाजी गरी आफूलाई निशाना बनाउन खोजिएको बताएका छन्।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग संयुक्त रुपमा पत्रकार सम्मेलनमा उपस्थित हुने क्रममा उनले आफू निर्वाचित भएको विषयमा भइरहेका विशेष अनुसन्धानलाई ‘पूर्ण मूर्खता’ को संज्ञा दिए।

आउने हप्ता उनले रुसी राष्ट्रपति पुटिनसँग एउटा शिखर बैठकका क्रममा फिनल्याण्डको हेलसिन्कीमा भेट्दैछन्।

तर सिनेटका डेमोक्र्याटतर्फका नेता चक समरले पछिल्लो अभियोगलाई ध्यान दिँदै बैठक रद्द गर्न राष्ट्रपति ट्रम्पलाई सुझाव दिएका छन्।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले रुसले अमेरिकाको ऊर्जा, परमाणु, पानी, हवाई र अन्य संवेदनशील क्षेत्रलाई निशाना बनाइरहेको बताए।

एउटा सुरक्षासम्बन्धी बैठकमा उनले चेतावनीका संकेतहरू आइरहेको र त्यसका कारण अमेरिकी प्रणालीमा असरहरू देखा परिरहेको जनाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com