पुटिन शत्रु नभई प्रतिस्पर्धी : ट्रम्प


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्यो, ‘के पुटिन तपाईंका शत्रु हुन् ? ’
उनले जवाफ दिए, ‘होइन, पुटिन मेरा शत्रु होइनन्।’

फेरि प्रश्न आयो, ‘त्यसो भए के पुटिन तपाईंका साथी हुन् त ? ’

यसमा पनि ट्रम्पले भने, ‘होइन। मैले उनलाई राम्रोसँग चिन्दिनँ, तैपनि दुईपटक भेट्न भने पाएको छु।’

‘पुटिन मेरा प्रतिस्पर्धी अवश्य हुन्। उनले रूसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु’, ट्रम्पले स्पष्ट पारे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आशा गरौँ, उनी मेरो साथी बन्नेछन्। अहिले भने चिनेको छैन।’

ब्रसेल्स : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई प्रतिस्पर्धीको रूपमा मात्र देख्ने गरेको बताएका छन्। उनले रूसी राष्ट्रपति पुटिनलाई कहिले पनि शत्रुको रूपमा नलिने पनि उनले स्पष्ट पारेका छन्। उत्तर सहयोग सन्धि संगठन (नाटो) शिखर सम्मेलनका क्रममा एक दिनअगाडि पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन्। बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनमा भइरहेको छ।

ट्रम्पले नाटो सम्मेलनभन्दा केही घण्टा अगाडि जर्मनी रूसको बन्दी भएको आरोप लगाएका छन्। जर्मनीले रूससँग पाइपलाइनबारे सम्झौता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। जर्मनीको यो कदमबाट रूसलाई करोडौं अमेरिकी डलर फाइदा भएको बताए। यसबाट रूस आर्थिक रूपमा सबल हुने उनको भनाइ छ। जर्मनीको रक्षा गर्न अमेरिकाले लागिपरेको उनले स्मरण गराए। यसविपरीत रूसलाई आर्थिक रूपमा सक्षम बनाउन जर्मनी लागेको उनको गुनासो थियो। गत वर्ष पनि ट्रम्पले नाटो शिखर सम्मेलनमा यसका सदस्यहरूको आलोचना गरेका थिए। रक्षा खर्च वृद्धि नगरेर उनीहरूले अमेरिकालाई अप्ठेरो पारेको दाबी गरेका थिए।

सुरक्षा खर्च बढाउन ट्रम्पको आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन्। उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल गार्हस्थ उत्पादनको कम्तीमा चार प्रतिशतसम्म सुरक्षा खर्चमा वृद्धि गर्न आग्रह गरेका हुन्। ब्रसेल्समा मंगलबारदेखि नेटो गठबन्धन राष्ट्रहरूको बैठक जारी छ। सोही क्रममा उनले अहिलेको रकममा भारी मात्रामा वृद्धि गरेर यो रकम छुट्याउन आह्वान गरेका हुन्।

हाल प्रत्येक देशले आफ्नो कुल गार्हस्थ उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरू देशहरूको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको आलोचना पनि गरेका छन्। नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए। त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।ले नाटोका सदस्यले सुरक्षा खर्च बढाउन आग्रह गरे।

युरोप र अमेरिकाको आरोप–प्रत्यारोप हुँदा ब्रसेल्समा आयोजित दुईदिने सम्मेलन निकै तनावपूर्ण देखिएको छ। नाटोका सदस्य देशहरूले सन् २०१४ मा वेल्स सम्मेलनमा १० वर्षमा आफ्नो कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रकम रक्षाखर्च गर्न सहमत भएका थिए। ट्रम्पले यो रकम निकै भएको बताउँदै यसलाई ४ प्रतिशत पु¥याउनुपर्नेमा जोड दिएका छन्। उक्त सम्मेलनमा ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच भनाभन भएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनी रूसको चंगुलमा फसेको बताएका थिए। उनले जर्मनीले तत्काल रक्षाखर्च वृद्धि गर्न भनेका थिए। ट्रम्पको भनाइको प्रतिवाद गर्दै मर्केलले भनिन्, ‘आफ्नो देशको नीति निर्माण गर्न अधिकार हामीसँग छ।’

अफगानिस्तान र सिरियाबारे छलफल

नेटो शिखर सम्मेलनमा सबैभन्दा धेरै अफगानिस्तानको विषयमा छफफल भएको बताइएको छ। सम्मेलनमा अफगानिस्तानमा नेटो सैनिक रहेका तर तालिबानको हत्या हिंसाको अन्त्य नभएकोमा ट्रम्पसहित नेटोका सबै साझेदार राष्ट्रबीच कुराकानी भएको थियो। त्यसैगरी सो सम्मेलनका क्रममा साझेदार राष्ट्रबीच सिरियाका बारेमा पनि कुराकानी भएको थियो। उनीहरूले शुरुमा सिरियामा नेटो सेनाको प्रवेशको बारेमा व्यापक छलफल गरेका थिए। लिबियामाजस्तै सिरियामा पनि नेटो सेनाको प्रवेशको कुरा भएर पनि सेना प्रवेश गर्न नसकेको विषयमा त्यहाँ कुराकानी भएको अधिकारीले जनाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com