राष्ट्रपति ट्रम्प लण्डनमा, बिरोधमा उडाइदैछ यस्तो बेलुन


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ४ दिने बेलायत भ्रमणका क्रममा लण्डन पुगेका छन् । राष्ट्रपति ट्रम्पले महारानी एलिजावेथ, प्रधानमन्त्री टेरेसा मे लगायतसँग उच्चस्तरीय भेट गर्ने कार्यक्रम रहेको छ ।

ट्रम्पको बेलायत भ्रमण भइरहँदा त्यहाँ ट्रम्पविरोधीहरुले प्रदर्शन समेत सुरु गरेका छन् । भोलि पार्लियामेन्ट स्क्वायरको आकाशमा ट्रम्पको बेबी बेलुन उडाइने भएको छ । लण्डनका मेयर सादिक खानले यस्तो बेलुन उडान प्रदर्शनकारीलाई अनुमति दिएका थिए ।

प्रदर्शनकारीहरुले स्कटल्याण्डको गल्फ कोर्सको आकाशमा पनि बेबी बेलुन उडाउने तयारी गरेपनि प्रहरीले अनुमति दिनमा अस्वीकार गरेको छ । स्कटल्याण्डमा ट्रम्पका केही गल्फ कोर्सहरु संचालनमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गल्फ कोर्शको आकाशमा बेलुन उडान नदिइएपनि अन्य वैकल्पिक स्थानका बारेमा छलफल भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । शनिबार ट्रम्पले टर्नबेरी कोर्समा गल्फ खेल्ने अपेक्षा गरिएको छ । त्यहाँको आकाशमा बेलुन उडाउन पाउने मागका साथ बुधबार बेलुकासम्म ८ हजार भन्दा धेरैले पिटिसनमा हस्ताक्षर गरेका छन् ।

ब्रसेल्समा सम्पन्न नाटो सम्मेलनपछि ट्रम्प बिहिबार दिउसो लण्डन पुगेका थिए । अहिले ट्रम्प रात्रीभोजका लागि ब्रिटेनको ब्लेनहिम प्यालेस पुगेका छन्, जहाँ उनलाई प्रधानमन्त्री टेरेशा मेले स्वागत गरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com