अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीहरुको संगठन ‘सिसा’ को अध्यक्षमा पुन: नेपाली विद्यार्थी


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संगठन ‘ द काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्टस अष्ट्रेलिया’ ( सिसा ) को अध्यक्ष पदमा पुन: नेपाली विद्यार्थी विजय सापकोटा चयन भएका छन् ।

सिसाको ८ औं राष्ट्रिय सम्मेलनबाट नेपाली विद्यार्थी विजय सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । सिसाको राष्ट्रिय सम्मेलन गत २५ जुन देखि २७ जुन सम्म भएको थियो ।

नयाँ कार्यसमितिको चयनको केही दिन पछि पहिलो बैठक बसेर कार्यसमितिले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विजय सापकोटाले अष्ट्रेलियामा रहेर सम्पूर्ण विद्यार्थीहरुको नेतृत्व गर्ने, नयाँ कुरा सिक्ने अवसर पाएको र यो अनुभव तथा सिकाईलाई पछि नेपालकै लागि प्रयोग गर्ने बताएका छन् ।

द काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्टस अष्ट्रेलिया’ ( सिसा ) सन् २०१० मा स्थापना भएको थियो । यो गैरनाफामुलक र गैरराजनीतिक संगठन हो, जसले अष्ट्रेलियामा पढ्ने सबै विदेशी विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनीहरुको हक-हितको लागि काम गर्छ ।

सिसाको नयाँ कार्यसमितिको पहिलो बैठक मार्फत जारि गरिएको विज्ञप्ती :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com