पप स्टार जस्टिन बिबरले गरे इन्गेजमेन्ट


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

क्यानडेली पप स्टार जस्टिन बिबरले अमेरिकी मोडल हाइली बोल्डविनसँग इनगेजमेन्ट गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमले जनाए अनुसार २४ वर्षीय स्टार गायक बिबरले बहामासमा रहेको एक रिसोर्टमा मोडल बोल्डविनलाई विवाहका लागि प्रपोज गरेका थिए ।

बिबरका सुरक्षागार्डले बिबर बोल्डविनलाई विवाहका लागि प्रस्ताव गर्नुअघि रेस्टुरेन्टका स्टाफसँग उनीहरुका मोबाइल फोन हटाउन भनेका थिए । त्यसपछि बिबरले विवाहका लागि प्रपोज गरेको दाबी गरिएको छ । सिएनएन र इ न्युजले पनि बिबरको इनगेजमेन्ट भएको टिएमजेडले जनाएको छ ।

बिबरले बोल्डविनलाई प्रपोज गरेको खुशीयाली बिबरका बुवाआमा अनलाईन मार्फत मनाएका थिए । बिबर बोल्डविन केही समयअघि मात्रै फेरि सम्बन्धमा जोडिएका हुन् । उनीहरुले यसअघि लामो डेट गरे पनि ब्रेकअप भएको थियो । ब्रेकअपपछि बिबर र गायिका सेलेना गोमेजबिच प्रेम सम्बन्ध भएको थियो । गोमेजसँगको लामो प्रेम टुटेपछि जस्टिन र बोल्डविन फेरि नजिकिएको टिएमजेडले दाबी गरेको छ ।

बिबरका बुवा जेरिमीले इन्स्टाग्राममा छोराको तस्बिर पोस्ट गर्दै नयाँ अध्यायका लागि उत्साहित रहेको लेखेका छन् । यस्तै बिबरकी आमा पाट्टिइ मालोट्टिले ट्वीटरमा आफ्नो उत्साह जनाएकी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com