ट्रम्प र पुटिनबीच फिनल्याण्डको हेल्सीन्कीमा भेटवार्ता हुने


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै महिना भेटवार्ता हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता यसै जुलाई १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको दुई राष्ट्रपतिको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनीहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेका क्रेमलिनले जानकारी दिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com