मुम्बईमा पुल भत्कँदा १५ जना घाइते


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

भारतको आर्थिक राजधानी मुम्बई शरहमा मङ्गलबार बिहान जारी भारी वर्षाका कारण एउटा पुल भत्किदा १५ जना बटुवा घाइते भएका छन् ।

भारी वर्षाको कारण सो पुल भत्किएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मुम्बइको अँधेरी रेलवे स्टेसनमा रहेको पुल भत्किएको हो । यस घटनामा परी १५ व्यक्ति घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ लगिएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com