जापानले माग्यो नेपाली कामदार, कोरियामा जस्तै जापान पठाउने सरकारको तयारी


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

नेपाली कामदारको माग जापानसम्म हुन थालेको छ ।अर्थात जापानले पनि कोरियामा जस्तै नेपाली कामदार जापान लैजाने तयारी गरेको बताइएको छ ।जापानले पछिल्लो समय नेपाल सरकारलार्इ पत्र नै काटेर कामदारको माग गरेको हो ।पाली कामदार पठाउन सरकारले कार्य योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

यसबारेमा जापानबाट माग हुने दक्ष र अर्धदक्ष कामदार पठाउनका लागि परराष्ट्र मन्त्रालयले जापानी अधिकारीहरूसँग छलफल गरिरहेको जनाइएको छ ।केही समयअघि जापान सरकारले विदेशी कामदार भित्र्याउन ५ वर्षे भिषासहित ‘वर्क परमिट’ नीति ल्याउने घोषणा गरेको थियो । त्यसलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जापान पठाउन योजना बनाउन थालेको बताइन्छ । सरकारले नै जापानमा कामदार पठाउन संयन्त्र निर्माण गर्ने योजना अघि सारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com