यसकारण मेरिल्याण्डमा समाचारकक्षमै गोली चल्यो ! यो हो हत्यारा !


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

बिहिबार अमेरिकाको मेरिल्याण्डको अनापोलिसमा रहेको क्यापिटल गजेट पत्रिकाको न्युजरुपमा गोली चल्नुको कारण समाचारको विषय रहेको जनाईएको छ । गोलीकाण्डमा ४ जना पत्रकारसहित ५ जनाको मृत्यु भएको छ ।

सन् २०११ को जुलाईमा जारोड रामोस नाम गरेको व्यक्तिले कसरी हाइस्कुलको पूर्व सहपाठीलाई फेसबुकमा साथी बनाएर मानमर्दन गरेको थियो भन्नेबारेमा पत्रिकामा एउटा रिपोर्ट प्रकाशित भएको थियो । झण्डै ७ बर्ष अगाडि रामोस नाम गरेको उक्त व्यक्तिले मेरिल्याण्डको अदालतमा मानमर्दनको आरोप स्वीकार समेत गरेको थियो ।

सन् २०१२ को जुलाईमा पत्रिकाले मानहानी गरेको भन्दै रामोसले मुद्दा समेत दायर गरेको थियो । पछि उसले गोपनियतामा हस्तक्षेप गरेको भन्दै अर्को मुद्दा पनि दायर गरेको थियो । तर पछि ती मुद्दाहरु खारेज गरिएका थिए ।

रामोसले पटकपटक पत्रिका र रिपोर्ट लेख्ने पत्रकारबिरुद्ध ट्वीट्रमा समेत लेख्दै आएको थियो । पत्रिकासँगको यही रिसईबीका कारण बिहिबार रामोसले पत्रिकाको समाचार कक्षमा नै पुगेर गोली चलाएको जनाइएको छ ।  रामोसले लामो बन्दुकबाट गोली चलाउँदा ५ जनाको ज्यान जानुका साथै अरु ३ जना घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com