मेरिल्याण्ड गोलीकाण्डमा पत्रकार मारिएकोमा ट्रम्पबाट दुख व्यक्त


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

हिजो बिहिबार दिउसो मेरिल्याण्डको अनापोलिसमा रहेको क्यापिटल गजेट दैनिकको न्युजरुपमा नै गोली चल्दा चारजना पत्रकारसहित ५ जनाको मृत्यु भएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हृदय दुखले भरिएको बताएका छन् । अन्य अमेरिकनहरुजस्तै पत्रकारहरु पनि आफ्नो काम गरिरहदा हिंशात्मक आक्रमणको डरबाट मुक्त हुने अवस्था हुनुपर्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले आफ्नो प्रशासनले हिंशा रोक्न निरन्तर कार्य गरिररहने बताएका छन् । उनले घटना लगत्तै घटनास्थलमा पुगेका फस्ट रेस्पोण्डरहरुलाई धन्यवादसमेत दिएका छन् ।

अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

यी हुन् मेरिल्याण्डमा पत्रिकाको न्युजरुममा गोली चल्दा मारिने पत्रकारहरु

ट्रम्पले ट्वीटमा गोलीकाण्डप्रति दुख व्यक्त गरेपनि यसबारे पत्रकारहरुले सोधेका प्रश्नको प्रतिकृया दिनभने इन्कार गरेका छन् । पत्रकारहरुले गोलीकाण्डबारे सोधेका प्रश्नको वेवास्ता गर्दै ट्रम्प ओभल अफिस छिरेका थिए ।

पत्रकारहरु मारिएको गोलीकाण्डप्रति मेलानिया ट्रम्पले पनि दुख व्यक्त गरेकी छिन् । उनले यसबारे ट्वीट गर्दै दुख व्यक्त गरेकी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com