दमासकस विमानस्थलनजिकै इजरायलले क्षेप्यास्त्र हान्यो


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ ।

ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

सिरियाको सरकारी समाचार समिति सानाले मङ्गलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुइ वटा क्षेप्यास्त्र आक्रमण गरेको जानकारी दिएको छ ।

मानवअधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई विमानस्थलनजिकै रहेको हिज्बुल्लाहहरुको सशस्त्र हातहतियार भण्डार गरिएको स्थानलाई लक्षित गरेर यो क्षेप्यास्त्र आक्रमण भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मङ्गलबार मध्याह्न विनाकारण गरिएको यो क्षेप्यास्त्र आक्रमणले उक्त हातहतियार भण्डार केन्द्रलाई लक्षित गरेको पनि रामीले दमासकसस्थित विदेशी सञ्चारमाध्यमका समाचारदाताहरुलाई बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com