Follow @khasokhasmag

इरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश,पेनाल्टी मिस गरे रोनाल्डोले


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

इरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरे पछि खेल बराबरीमा सकिएको छ।

फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलको ५३औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए।यसअघि पोर्चुगलले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।

मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो।

पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट इरानले बराबरी गोल गरेको हो।

योसँगै पोर्चुगल ५ अंकसहित दोस्रो चरणमा प्रवेश गरेको छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com