विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन- लियोनल मेस्सी


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले विश्वकप नजितीकन खेलबाट सन्यास नलिने बताएका छन् । आफ्नो ३१औँ जन्मदिनका अवसरमा मेस्सीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप उपाधि अाफ्नाे देशलार्इ नदिलाउन्जेल आफ्नो ‘बुट’ नथन्काउने बताएका हुन् । उनले यसलार्इ सपनाकै रूपमा लिएर त्याे पूरा गरिछाड्ने बताए ।

रूसमा जारी विश्वकपका सुरुवाती दुई खेलमा अर्जेन्टिनी टिमले जित निकाल्न सकेन । मेस्सीबाट धेरैले अाश गरेका थिए, तर उनले अाफ्नाे टिमलार्इ जित दिलाउन नसकेपछि कतै सन्यास लिने त हाेइनन् भन्ने चर्चा सुरु भएको थियो।

जन्मदिनकाे अवसरमा उनले अन्तर्राष्ट्रय सञ्चार माध्यमसँगकाे कुराकानीमा अाफ्नाे सपना त्याग्न नसक्ने बताए । ‘अर्जेन्टिनाका लागि विश्वकप विशेष छ र मेरो लागि पनि,’ उनले भनेका छन्, ‘सबैखाले महत्वपूर्ण टुर्नामेन्ट जितिसकेको छु तर मेराे महत्वकांक्षा घटेकाे छैन बरू बढेकाे छ ।’

उनले अाफ्नाे देशका लागि गर्व गर्न लायक विश्व विजेताकाे उपाधि नदिलार्इ फुटबलबाट सन्यास लिने कुनै मनसाय नरहेकाे प्रष्ट पारे ।

रुवाती दुई खेलमा खराब नतिजा निकाले पनि अर्जेन्टिनी टिम अझै नकआउट चरणमा पुग्न सक्ने सम्भावना जीवितै छ । समूह-डी को उपविजेता बनेमा अर्जेन्टिनाले समूह-सी को विजेतासँग खेल्नेछ। अहिले फ्रान्स समूह सी मा अगाडी छ।

तर मेस्सीलार्इ याे विश्वकप जित्न अब सम्भवजस्ताे छैन, त्यसाे हाे भने उनले विश्वकप जित्न अर्काे ४ वर्ष अर्थात् सन् २०२२ सम्म कुर्नुपर्नेछ । त्यसबेला उनी उमेर झनै उकालाे लाग्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com