कोलम्बियासँग ३–० गोलले पराजित हुदै पोल्यान्ड विश्वकपबाट बाहिरियो


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा कोलम्बियासँग ३–० गोलले पराजित भएसँगै पोल्यान्ड विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

पोल्यान्ड लगातार दुई खेलमा पराजित भएसँगै विश्वकप फुटबलको समूह चरणदेखि नै बाहिरिएको हो ।

खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । १–० गोलले पहिलो हाफसम्म पछि रहेको पोल्यान्डले दोस्रो हाफमा भने थप २ गोल खान पुग्यो ।

खेलको ७० औं मिनेटमा राडमेल फल्काओले गोल गर्दै कोलम्बियालाई २–० गोलको अग्रतामा पुर्याएका थिए ।

खेलको ७५ औं मिनेटमा जुआन चुआड्राडोले गोल गर्दै पोल्यान्डमाथि कोलम्बियालाई ३–० गोलको जित दिलाएका हुन् ।

पोल्यान्डमाथि शानदार जित हात पारेको कोलम्बियाको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहको छ । यता, पराजित पोल्यान्डभने विश्वकपदेखि नै बाहिरिएको छ ।

अब यो समूह एच बाट कोलम्बिया, जापान र सेनेगलमध्ये २ टिम विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com