जापान र सेनेगलको खेल बराबरीमा टुंगियो


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

रसियामा जारी विश्वकप २०१८ फुटबल अन्तर्गत आइतबारको दोस्रो खेलमा जापान र सेनेगलको खेल बराबरीमा टुंगिएको छ ।

अफ्रिकी टोली सेनेगलका खेलाडी साडियो मानेले खेलको १२ औं मिनेटमा एसियाली टोली जापानमाथि पहिलो गोल गरेको थिए ।

यस्तै खेलको ३४ औं मिनेटमा जापानका खेलाडी ताकासी इन्युले सेलेगलविरुद्ध पहिलो गोल गर्दै बराबरी बनाएका थिए ।

त्यस्तै दोस्रो हाफको खेलको ७१ औं मिनेटमा सेनेगलका खेलाडी मौसा वाग्उले गोल गर्दै एसियाली टोली जापानमाथि दोब्बर अग्रता दिलाएका थिए ।

तर, त्यसको ८ मिनेटपछि जापानका खेलाडी केइसुके होन्डाले सेनेगलविरुद्ध दोस्रो गोल गर्दै बराबरी बनाएका हुन् ।

अघिल्लो खेलमा समूह ‘एच’ को जापानले कोलम्बियामाथि जित दर्ता गरेको थियो भने सेनेगलले पोल्यान्डलाई पराजित गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com