मेक्सिकोसँग २–१ गोलले पराजित हुदै दक्षिण कोरिया विश्वकपबाट बाहिरियो


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा मेक्सिकोसँग २–१ गोलले पराजित हुदै एसियाली राष्ट्र दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको छ ।

लगातार आफ्नो दुई खेलमा पराजित हुदै दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएको हो ।लगातार दुई खेलमा जित हात पारेको मेक्सिको भने विश्वकपको नकआउट चरण नजिक छ ।

खेलको २६औं मिनेटमा कार्लोस भेलाले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । दक्षिण कोरियाका खेलाडीले आफ्नो डिबक्समा फल गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो ।

पेनाल्टीबाट कार्लोसले सुन्दर गोल गरेका थिए ।पहिलो हाफमा १–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा थप १ गोल गर्दा अर्को एक गोल खान पुगेको थियो । खेलको ६६औं मिनेटमा जाभियर हेर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई दोब्बर अग्रतामा पुर्याएका थिए ।

खेलको अत्तिरिक्त समयमा सुन हेयुङमिनले गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याएका थिए । तर, मेक्सिकोलाई दक्षिण कोरियाले रोक्न भने सकेन ।

दक्षिण कोरियाविरुद्ध उतकृष्ट प्रदर्शन गर्दै जित हात पारेको मेक्सिकोले खेलअवधिभर गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

मेक्सिकोले आफ्नो २ खेलबाट शतप्रतिशत जित हात पार्दै ६ अंक भएको छ । दुबै खेलमा पराजित भएको दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।

एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com