Follow @khasokhasmag

ट्युनिसिया माथि ५ गोलको वर्षा गर्दै बेल्जियम लगभग नकआउट चरणमा


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

समूहचरणको एक खेल बाँकी हुँदै बेल्जियम लगभग नकआउट चरणमा प्रवेश गरेको छ ।

भने ट्युनिसिया समूहचरणबाटै बाहिरिने लगभग पक्का जस्तै भएको छ । उसले अन्तिम खेल इङ्ल्याण्डसँग खेल्न बाँकी छ ।

समूहको दोस्रो खेलमा शनिबार ट्युनिसियालाई ५–२ गोलको फराकिलो अन्तरले हराउँदै बेल्जियमले नकआउट चरणमा आफूलाई सुरक्षित गरेको हो ।

यो समूहमा इङ्ल्याण्डको पनि अन्तिम १६ मा पर्ने संभावना बलियो छ । पहिलो खेलमा उसले ट्युनिसियालाई पराजित गर्दै ३ अंक बटुलेको छ । इङ्ल्याण्डले दोश्रो खेलमा पानामासँग आइतबार खेल्दै छ ।

आइतबारको खेलमा जित निकालेमा इङ्ल्याण्ड पनि एक खेल अघिनै अन्तिम १६ मा पुग्ने छ । समूहको अन्तिम खेलमा ट्युनिसिया र पानामा तथा बेल्जियम र इङ्ल्याण्ड भिड्ने छन् ।

बेल्जियमले शनिबार महत्वपूर्ण जीत दिलाउने क्रममा इडन हाजार्ड र रोमेलु लुकाकुले २र२ गोल गरे भने मिची बात्स्वीले १ गोल गरे । खेलको १६ औं मिनेटमै २–० को अग्रता बनाएको बेल्जियमले पहिलो हाफको अन्तिममा लुकाकुको गोलमा ३–१ को स्थितिमा पुर्‍यायो ।११ औं मिनेटमा इडन हाजार्डले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दिएका थिए । त्यसको ५ मिनेट पछि लुकाकुले अग्रता दोब्बर पारे ।

तर १८ औं मिनेटमा ट्युनिसियाले अग्रता घटायो । ट्युनिसियाका लागि डिलान ब्रोनले गोल गरे ।पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए ।

लुकाकुको यो गोलले बेल्जियमलाई मात्रै मजवुद अवस्थामा पुर्‍याएन लुकाकुले पनि सर्वाधिक गोलकर्ताको सुचीमा रोनाल्डोसँग बराबरी गरे ।

दोश्रो हाफको सुरुमै फेरि बेल्जियमले २ गोल थप्यो । कप्तान हाजार्डले ५१ औं मिनेटमा गोल गरेका हुन् ।मिची बात्स्वीले ९० औं मिनेटमा १ गोल गरे । मिची बात्स्वीले ९० औं मिनेटमा १ गोल गरे ।

ट्युनिसियाका लागि अतिरिक्त समयको तेश्रो मिनेटमा हवि खज्रिले गोल गर्दै ५–२ को अवस्थामा पुर्‍याए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com