विश्वकप- ५ः ४५ बजे बेल्जियम भर्सेस टुनिसिया


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार (आज) ३ खेलहरू हुँदैछन् । आजको पहिलो खेल बेल्जियम र टुनिसियाबीच हुँदैछ । स्पार्टक स्टेडियममा नेपाली समय अनुसार बेल्जियम र टुनिसियाबीचको खेल ५ः ४५ बजे सुरु हुँदैछ ।

बेल्जियम भर्सेस टुनिसिया

रुस विश्वकप २०१८ अन्तर्गत आज जी र एफका खेल हुदैछ । समुह चरणको दोस्रो खेलमा समुह जी अन्तर्गत बेल्जियम र ट्युनिसिया भिड्दैछ । बेल्जियमले पहिलो खेलमा पानामा माथि तीन गोलको जित निकाल्दै ३ अंक बटुलिसकेको छ, भने उसका प्रतिष्पर्धी टुनिसियाले ईल्याण्डसग दुई एक गोलले पराजित हुदै अंकविहीन बनेको थियो ।

बेल्जियम र टुनिसियाको यस तीन पटक भेट भएको छ । सन् २००२ को विश्वकपको समुह चरणमा भेट हुँदा यी दुई टोलीको खेल एक एक गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै १९९२ को सोलिडारीटि कपमा भेट टुनिसियाले हराएको थियो । यी दुईको भेट अन्तिम पटक २०१४ को वामअप म्याचमा हुँदा बेल्जियमले हराएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com