विश्वकप- ५ः ४५ बजे ब्राजिल भर्सेस कोस्टारिका


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन् ।

समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ।

ब्राजिल भर्सेस कोस्टारिका

समुह ‘ई’ अन्तरगत अंक तालिकाको दोस्रो स्थानमा रहेको ब्राजिलले आज दोस्रो खेलमा कोस्टारिको सामना गर्दैछ । उपाधि दावेदार मानिएको ब्राजिलले समुहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग एक एक गोलको बराबरी गर्दै एक एक अंक बाँडेका कारण पनि कोस्टारिका विरुद्ध निकाल्नुपर्नेछ ।

ब्राजिलले कोस्टारिकालाई आजको खेलमा पराजित गर्न सके अन्तिम १६ मा पुग्ने सभावना बलियो बन्नेछ । त्यसैले पनि ब्राजिललाई आजको खेलमा जित निकै महत्वपूर्ण हुनेछ । ब्राजिल विरुद्ध खेल्ने कोस्टारीका समुहको पहिलो खेलमा नै सर्वियासग एक शुन्य गोलले हार ब्यहोरेको कारण काजको खेलमा जिनै पर्ने दवाद चर्को छ । हेड टु हेडका आधारमा यी दुई यस अघि १० पटक भेट भएको छ ।

जहाँ ब्राजिलले ९ पटक जित निकाल्दा कोस्टारिकाले मात्र एक पटक जित निकालेको छ । यो दुई वितको खेल पहिलो पटक हुन लागेको हो । खेल नेपाली समय अनुसार पौने ६ बजे सेन्ट पिटरवर्ग स्टेडियममा हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com