अमेरिकी सामानमा ईयूको ‘जवाफी’ कर


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

युरोपेली सङ्घ (ईयू) ले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापारनीतिलाई लक्षित गर्दै प्रतिक्रियास्वरूप आफूकहाँ भित्रिने अमेरिकी सामानमा पन‌ि कर लगाएको छ।

शुक्रवारबाट अमेरिकी सामानमा २.८ अर्ब युरो बराबरको कर कार्यान्वयनमा आएको छ।

युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले यसअघि अमेरिकाले युरोपेली सामान लगाएका करहरू सबै ‘तर्क तथा इतिहास’ विपरीत भएको बताएका छन्।

ईयूको कर मोटरसाइकलदेखि सुन्तलाको रस एवम् मदिरासम्मका अमेरिकी उत्पादनमा लागु हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यापारयुद्ध

ईयूले आफ्ना व्यापारिक स्वार्थहरूलाई सुरक्षित तुल्याउन आवश्यक जुनसुकै कदम चाल्ने युङ्करले बताए।

उनले जवाफी कदम चाल्नुबाहेक ईयूले अर्को कुनै विकल्प नदेखेको समेत उल्लेख गरे।

यसैबीच भारतले पन‌ि अमेरिकाबाट आयात गरिने कृषिजन्य वस्तु, स्टील र फलामसहितका २९ प्रकारका उत्पादनमा कर बढाउने बताएको छ।

कर

अगस्ट ४ देखि नयाँ कर लागु हुने र त्यसबाट हाडेबदाम, ओखर र चनासहितका उत्पादन प्रभावित हुने बताइएको छ।

भारत अमेरिकी हाडेबदामको प्रमुख आयातकर्तामध्येको एक हो।

प्रभावित

अतः भारतीय कदमबाट अमेरिकी किसानहरू मर्कामा पर्ने अनुमान गरिएको छ।

स्टील आयातमा २५ प्रतिशत र एलुमिनियममा १० प्रतिशत कर लगाउने ट्रम्प प्रशासनको कदमले विश्वव्यापारयुद्धको जोखिम बढाएको छ

व्यापार युद्धको खतरा

ट्रम्प प्रशासनले गत मार्चमा कर लगाउने घोषणा गरेको थियो। तर केही विलम्बपछि जुन १ बाट त्यो कार्यान्वयनमा आएको थियो।

अमेरिकी कदमबाट ईयू मुलुकहरू, क्यानडा, मेक्सिको र भारतसहित अमेरिकाका नजिकका साझेदारहरू प्रभावित भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com