यसरी पुग्न सकिन्छ अर्जेन्टिना नकआउट चरणमा


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

पहिलो खेलमा बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा नराम्ररी पराजित भएपछि विश्वकप फुटबलको नकआउट चरण पुग्ने सम्भावना अत्यन्त कमजोर बनेको छ ।

बिहिबार राति भएको समुह चरणको दोस्रो खेलमा क्रोयसियासँग ३(० को फराकिलो गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार बेहोरेको हो ।

दुई खेलबाट जम्मा १ अंक जोडेपनि अर्जेन्टिनाका लागि अघिल्लो चरण प्रवेशका लागि सम्भावनका सबै ढोका भने पूर्ण रुपमा बन्द भैसकेको छैन् ।

समूह चरणको पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले अब अन्तिम खेलमा नाइजेरिलाई फराकिलो अन्तरले हराउँदै अन्य खेलको नतिजामा मात्र उसको नकआउट चरण पुग्ने सम्भावना तय हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्जेन्टिना दोस्रो चरणमा पुग्नका लागि आज हुने नाइजेरिया र आइसल्याण्डबीचनको खेलमा नाइजेरियाले जित्नै पर्नेछ । यस्तै असार १२ गते हुने अर्को खेलमा अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोलअन्तरले हराउनु पर्नेछ ।

यति मात्र होइन आइसल्याण्डले क्रोएसियासँग पनि बराबरी या हार्नुपर्नेछ । जुन अर्जेन्टिनाका लागि ुअसम्भवु देखिन्छ । अर्जेन्टिनालाई भाग्यले साथ दिए मात्रै यी सबै सम्भावना पुरा हुनेछन् ।

समुह डी मा रहेको क्रोयसिया अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने अर्जेन्टिना एक अंक सहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भन्दा एक खेल कम खेलेको आईसल्याण्ड दोस्रो र अंक विहिन नाईजेरिया तालिकाको पुछारमा छ ।

विश्वकप फुटबलको छनोट खेलमा पनि करिब आउट भैसकेको अर्जेन्टिनालाई अन्तिम खेलमा उष्कृष्ट पुनरागमन गराउँदै कप्तान लियोनल मेसीले टिमलाई रुससम्म डोहोर्याएका थिए । के अब मेसीले त्यसैगरि टिमलाई नकआउट चरणमा पुर्‍याउँलान् रु त्यो भने हेर्न बाँकी नै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com