अर्जेन्टिनाविरुद्व क्रोयसियाले ३ गोल गर्दै विजयी,अर्जेन्टिनाको दोस्रो चरणको सम्भावना न्युन


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

रसियामा जारी विश्वकप २०१८ समूह ‘डि’ को अन्तिम खेलमा अर्जेन्टिनाविरुद्व क्रोयसियाले ३ गोल गर्दै विजयी बनेको छ । क्रोयसियाका खेलाडी एन्टी रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यस्तै लुका मोड्रिकले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ९१ औं मिनेटमा इभानले तेस्रो गोल गरेका हुन् ।

यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिना र क्रोयसियाबीच गोलरहित बराबरी भएको थियो ।अर्जेन्टिनाको दोस्रो चरणको सम्भावना न्युन रहेको छ ।

तर क्रोयसिया जिते निकालेसँगै सिधै छनोट भएको छ ।  आइसल्यान्ड र नाइजेरियाको खेलमा अर्जेन्टिना दोस्रो चरणमा पुग्ने-नपुग्ने निर्भर रहन्छ । यदि न्यूजिल्यान्डले जित निकालेमा अर्जेन्टिना दोस्रो चरणमा पुग्नेछ ।

यता आफ्नो पहिलो खेलमा पनि अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने क्रोयसियाले नाइजेरियालाई पराजित गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com