पेरुलाई १–० गोलले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा जित हात पार्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । फ्रान्सले पेरुलाई १–० गोलले पराजित गर्दै एक खेल खेल्नु अघि नै विश्वकपको अन्तिम १६ मा पुगेको हो ।

रसियाको इकाटेरिनवर्ग एरिनामा बिहीबार राति भएको खेलमा फ्रान्सले पेरुमाथि कठिन जित हात पारेको हो । फ्रान्सको जितमा किलियन बाप्पेले निर्णायक गोल गरे । उनकै गोलको आधारमा फ्रान्सले जित सुनिश्चित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।

सुरुवाती समयदेखि नै आक्रमक खेल खेलको फ्रान्सले खेलको ३४औं मिनेटमा बाप्पेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको फ्रान्सले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेन ।

पेरुले पनि गोल गर्ने निकै राम्रो अवसर खेर फालेको थियो ।२ खेलबाट ६ अंक बटुलेको फ्रान्स नकआउट चरणमा पुग्दा पेरु भने समूहचरणको एक खेल खेल्नुअघि नै विश्वकपबाट बाहिरिएको छ । अब यो समूहबाट डेनमार्क र अष्ट्रेलियामध्ये एक टिम अन्तिम १६ मा छनोट हुनेछ ।

फ्रान्सले समूह चरणको अन्तिम खेल डेनमार्कसँग खेल्न बाँकी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com