साउदी अरेविया विरुद्ध ऊरुग्वेको जित, साउदी अरेबिया समूह चरणबाटै बाहिरियो


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत दोस्रो चरणको खेलमा साउदी अरेविया विरुद्ध ऊरुग्वेले १-० ले जित हाँसिल गरेको छ ।

ऊरुग्वेले साउदी अरेविया बिरुद्ध १–० गोल गर्दै जित हाँसिल गरेको हो ।

खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै ऊरुग्वेले पहिलो गोल गरेको थियो ।

खेलको पहिलो हाफबाटै साउदी अरेवियाले आक्रमक खेल खेले पनि कुनै गोल गर्न सकेन ।

समूह ए अन्र्तगतको पहिलो खेलमा रसियाले साउदी अरेविया बिरुद्ध ५ गोल गरेको थियो ।

लगातार २ खेलमा हारसँगै साउदी अरेबिया समूह चरणबाटै बाहिरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com