विश्वकपः आज एसियाली स्टार जापानले कोलिम्बयालाई चुनौती पेश गर्ने, पोल्याण्ड र सेनेगल पनि आमने-सामने हुँदै


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको आज अन्तिम दुई खेल हुदैछन् । समूहगत खेलको पहिलो चरणको अन्तिम दुई खेलमा आज जापान कोलम्बिया तथा पोल्याण्ड र सेनेगल आमने सामने हुँदैछन् ।

समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो । कोलम्बिया जेम्स रोड्रिगेज, फाल्काओ जस्ता विश्वकपबाट उदाएका खेलाडीहरुको अनुभव लिएर मैदानमा उत्रिनेछ । कोलम्बिया विरुद्ध जितका लागि उभिएको छ जापान ।

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । तर जापानको विश्वकप सहभागिता सहभागितामात्रै सीमित बनिरहेको अवस्थामा यो पटक भने जापान जितको खोजीमा पक्कै छ । जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको छ । तीन खेल बराबरी गरेको छ । १० खेलमा पराजित भएको छ । तुलनात्मक रुपमा जापान भन्दा कोलम्वियाको बलियो र अनुभवी राष्ट्र हो । यी दुईको खेल नेपाली समय अनुसार पौने ६ बजे मार्डोभिया एरेनामा हुनेछ ।

पोल्याण्ड भर्सेस सेनेगल

फिफा वरियतामा ८औँ स्थानमा रहेको पोल्याण्डले यसअघि सात वटा विश्वकप खेलिसकेको छ । सन् १९३८ मा पहिलोपटक विश्वकप खेलेको पोल्याण्ड सन् १९७४ र १९८२ मा तेस्रो भएको थियो । सन् २०१६ को युरो कपमा क्वाटरफाइनलसम्म पुगेको पोल्याण्डमा रोबर्ट लेवान्डोस्की जस्ता स्टार खेलाडी सँगै नयाँ खेलाडीहरु पनि टोलीमा परेका छन् । विश्वकप छनोटको खेलमा डिफेन्स लाइनमा देखिएको कमजोरी पोल्याण्डले समुह चरण सम्म आईपुग्दा सम्म सुधारिसकेको छ । पोल्याण्डसग भिड्नको निम्ती तमतयार छ सेनेगल ।

फिफा वरियतामा २८ औँ स्थानमा रहेको सेनेगल आफ्नो दोस्रो विश्वकपमा सहभागी हुँदैछ । १२ पटक विश्वकप छनोटमा सहभागी भएको सेनेगलले यसअघि सन् २००२ को विश्वकप खेलेको थियो । विश्वकपको पहिलो क्वाटरफाईन विश्वकपको पहिलो सहभागितामै क्वाटरफाइनलसम्म पुगेको सेनेगेल यसपटक पनि त्यही लय फर्काउन सक्षम देखिन्छ । यी दुइृको खेल नेपाली समय अनुसार पौने नौ बजे स्पार्टस स्टेडियममा हुनेछ । यी दुईको खेल नेपाली समय अनुसार स्पाटक स्टेडियममा पौने नौ बजे देखि सुरु हुनेछ ।

रसिया भर्सेस ईजिप्ट

विश्वकप २०१८ को आयोजक रुसले आज बेलुकी ईजिप्ट विरुद्ध समुहको दोस्रो खेल खेल्दै छ । रसियाले सन् २००८ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनमा पुगेपछि भने त्यो राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सन् २००८ पछि समूह चरण भन्दा बाहिर जान नसकेको रुसले जारी विश्वकपको उद्घाटन खेलमा भने साउदी अरवियालाई सजिलैसग ५–० को फराकिलो अन्तरमा पराजित गरेको थियो । उसैको प्रतिद्धन्द्धी ईजिप्ट भने पहिलो खेलमा नै उरुग्वेसग एक शुन्यले पराजित भएको थियो ।

जसको कारण आजको खेलमा पनि आयोजक रसियाको ईजिप्ट माथि हावी हुने सम्भावना बढि देखिन्छ । तर पहिलो खेलमा आफनो कि प्लेयर गुमाएको ईजिप्टले दोस्रो खेलमा केही परिवर्तन गर्ने भएको छ । घाइते भएका कारण पहिलो खेलमा बेन्चमा बसेका मोहम्मद सलाह रसिया विरुद्धको खेलमा भने मैदानमा उपस्थित हुने सम्भावना प्रवल छ । यी दुई टोलीको खेल नेपाली समय अनुसार सेन्ट पिटर्सवर्ग स्टेडियममा राति पौने १२ बजे देखि सुरु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com