इंग्ल्यान्डले ट्युनिसियालाई २-१ गोलले पराजित,इंग्ल्यान्डको विश्वकपमा विजयी सुरुवात


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

कप्तान ह्यारी केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि इंग्ल्यान्डले २०१८ फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ। इंग्ल्यान्डले समूह (जी)को खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गरेको हो।

खेलको ११ मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। उनले क्लोज रेन्जबाट बललाई जाली चुमाएका थिए। तर ३५ मिनेटमा ट्युनिसीयाले बराबरी गोल फर्काउन सफल भयो। सासीले पेनाल्टीमा गोल गरेका थिए।

केल वल्करले बेन युसुफलाई डिबक्स भित्र फल गरेपछि ट्युनिसयाले पेनाल्टीको अवसर पाएको थियो। दोस्रो इन्जुरी टाइमको पहिलो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित हात पर्न सफल भयो। कप्तान केनले क्लोज रेञ्जबाट गरेको हेडले सिधै गोलपोस्टको दिशा लिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com