बेल्जियमबाट पानामा शून्यका विरुद्ध तीन गोलले पराजय


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

जारी विश्वकप अन्तर्गत सोमबार अबेर सम्पन्न समूह जी को खेलमा बेल्जियमले पानामालाई ३–० गोल अन्तरले हराएको छ । विश्वकपमा डेब्यू गरेको पानामाले बेल्जियमबाट शून्यका विरुद्ध तीन गोलको पराजय बेहोर्‍यो।

बेल्जियमका ड्राइस मेर्टेन्सले ४७औँ मिनेटमा गोल गरेर खेललाई १-० अवस्थामा पुर्‍याए। त्यसपछि लगातार रोमेलु लुकाकुले दुई गोल गरे। लुकाकुले ६९औँ र ७५औँ मिनेटमा गोल गरेका थिए। उनले सानदार गोल गरेर बेल्जियमलाई तीन शून्यको जीत दिलाए। उनी म्यान अफ द म्याच पनि घोषणा भएका छन्।

यता, विश्वकपमा डेब्यू गरेको पानामाले भने खेल अवधिभर दर्शकको मनसम्म जित्न सकेन। उसले कतिपय नराम्रा ट्याकल गरेको थियो। पानामाका खेलाडीले विश्वकप २०१८ को कुनै पनि खेलमा यति धेरैपटक ननिस्केको एल्लो कार्ड निकाल्न बाध्य पार्‍यो।

पानामाका ५ खेलाडीले पहेँलो कार्ड पाए भने १८ पटक फाउल गरेका थिए। त्यसो त बेल्जियमका ३ खेलाडीले एल्लो कार्ड र १७ पटक फाउल गरेका थिए। विश्वकप डेब्यू गरेको पानामाबाट राम्रो खेलको अपेक्षा गरेका दर्शकका लागि यो खेल सोचेअनुसार भएन।

रुस विश्वकपबाट डेब्यू गरेको आइसल्यान्डको खेल हेरेका दर्शकका लागि यो खेल अपेक्षाकृत थिएन। आइसल्यान्ड विश्वकप डेब्यू खेलमा फुटबलको महारथी मानिने अर्जेन्टिनालाई एक-एक गोलको बराबरीमा रोकेको थियो।

उसले स्वच्छ खेल पस्किएर सबैको मन जितेको थियो। आजै भएको पहिलो खेलमा स्वीडेनले दक्षिण कोरियालाई पराजित गरेको थियो। अबको केही बेरमा ट्युनिसिया र इंगल्यान्डको खेल हुन गइरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com