पेनाल्टीको सहयोगमा स्वीडेनले दक्षिण कोरियालाई हरायो


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

रसियामा जारी ‘विश्वकप २०१८’ मा साउथ कोरियालाई स्वीडेनले पराजित गरेको छ । स्वीडेनले साउथ कोरियालाई १, ० गोलले पारजित गरेको हो । स्वीडेन र साउथ कोरियाबीच नोझ्नी नोभ्गोरोड स्टेडियममा भएको यस खेलमा स्वीडेनले ६० औं मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्न सफल भएको थियो ।

साउथ कोरियाले गोल गर्न निकै तम्सिए पनि गोल गर्न असफल बन्यो । विश्वकपको पाँचौं दिनको यो पहिलो खेल हो । यो खेल नेपाली समय अनुसार ५ः ४५ बजेबाट सुरु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com