इटालियन कम्पनीमा तयार गरिन्छ विश्वकप ट्रफी र गोल्ड मेडल


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

रसियामा भइरहेको फुटबल विश्वकपमा यो पटक इटाली सहभागी हुन सकेन । ६० वर्षमा पहिलो पटक इटाली विश्वकपमा सहभागी हुनबाट बञ्चित भएको हो ।

तथापि केही इटालीका रेफ्रीहरुको अतिरिक्त रसियामा भइरहेको विश्वकपमा इटालीको अर्को एक चिजले पनि सहभागीता जनाउनेछ –विश्वकप ट्रफी आफै ।

मिलान नजिक रहेको सानो सहर पेदेर्नो डुङ्गानोमा एक गुलाबी रङ्गको पर्खाल भएको एक उद्योग छ । जीडीई बरटोनी भनिने यही उद्योगमा विश्वकप ट्रफी बन्ने गर्छ ।

फिफाको स्वमित्वमा रहेको सुनको विश्वकपको मूल प्रति बिरलै प्रदर्शन गरिन्छ । त्यसलाई सन् १९७० मा कलाकार सिल्भिओ गज्जनिगाले डिजाइन गरेका थिए । उनको डिजाइनले नयाँ विश्वकप ट्रफिको लागि गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो ।

प्रत्येक वर्ष फुटबल फेडरेशनले जित्ने टिमलाई ट्रफिको एक पित्तलको सुनको लेप गरिएको नक्कल दिने गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com