न्युजर्सीको रात्री उत्सवमा गोली चल्यो, २२ घाइते


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

अमेरिकाको न्युजर्सीको ट्रेन्टनमा भइरहेको रात्री उत्सवमा गोली चल्दा कम्तीमा २२ जना घाइते भएका छन् । घाइते हुनेमा एकजना १३ बर्षका बालक समेत रहेका छन् ।

झण्डै एकहजार जना व्यक्ति खाना, कला र संगीतमा रमाइरहेको बेलामा २ जनाले अचानक गोली चलाउन सुरु गरेका थिए । गोली चलाउनेमध्ये ३३ बर्षको एकजनाको प्रहरीको जवाफी कारवाहीमा घटनास्थलमा नै मृत्यु भएको छ भने एकजनालाई प्रहरीले हिराशतमा लिएको छ ।

घाइतेहरुमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । उनीहरुको उपचार जारी रहेको छ । गोली चलाउनुको उद्देश्य अहिलेसम्म पनि खुल्न सकेको छैन । तर घटनास्थलमा केहीथान बन्दुकहरु भेटिएका छन् ।

घटनास्थलभन्दा नजिकै एउटा कारज्याकको प्रयास भएको छ तर दुबै घटनाको सम्बन्ध भए नभएको बारे केही खुलेको छैन । शनिबार दिउसो सुरु भएको उत्सव आइतवार दिउसो सम्म चल्ने बताइएको थियो । तर गोली चलेपछि उत्सव रद्द भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com