किमको दिसा-पिसाब सिंगापुरबाट उत्तर कोरिया किन ल्याइयो ? यस्तो छ कारण


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

विश्व राजनीतिक मंचमा चासो र चर्चाको विषय बनेको छ, अमेरिका र उत्तर कोरियाबीचको वार्ता ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको चार बुँदे सहमतिले कोरिया युद्धका अन्त्य गरेको छ । अमेरिकासम्म मार हान्ने आणविक क्षेप्यास्त्र परीक्षसँगै चर्चाको शिखरमा पुगेका उन फेरि सिंगापुर वार्ताले झन उचाई बढाएको छ ।

केही समय अघिसम्म दुश्मनीपूर्ण भाषा प्रयोग गर्दै आपसमा गाली गरेका ट्रम्प । उनले सिंगापुरमा हात मिलाएर विश्वलाई नै चकित पारेका छन् । कम उमेर भएकै कारण नपत्याउनेहरु उनले सिंगापुरमा देखाएको परिपक्कता देखेर भने दंग परेका छन् ।

यतिबेला विश्वभर उनको चर्चा भइरहेको छ । योसँगै उनले आफ्नो दिसापिसाब समेत सिंगापुरबाट सँगै बोकर उत्तर कोरिया ल्याएपछि त झन् धेरै मानिसहरुले चासो व्यक्त गरेका छन् । यसले पनि उनलाई चर्चामा ल्याएको छ । उनले सिंगापुर जाँदा आफ्नो बुलेट फ्रुप गाडी र नीजि सौचालयसँगै बोकेर लिएका थिए ।

सँग वार्ता गर्न सिंगापुर पुगेका उत्तर कोरियाली नेताले आफ्नो व्यक्तिगत शौचालय लिएर गएका छन् । एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर पुगेका उनले सँगसँगै उत्तर कोरियाका विमान पनि थियो । त्यसमा उक्त गाडी र सौचालय बोकिएको थियो । सिंगापुरमा उन आफ्नै गाडीमा सवार भए र नीजि सौचालयमा सौच गरे ।

दिसापिसाब सँगै ल्याउनुका कारण

किम जोङले सिंगापुरको बसाई अवधिमा आफ्नै नीजि सौचालयमा गरे । वार्ता स्थल र होटलमा पनि उत्तर कोरियाबाट बोकेर लिएको सौचालय नै प्रयोग गरे ।

दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोसँग सन् २००५ मा दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले यो सामान्य कुरा भएको बताए ।

‘सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा उत्तर कोरियाका नेताले यात्रा गर्ने क्रममा निजी शौचालय प्रयोग गर्छ’ लीले द वाशिङटन पोस्टसँग बताएका छन् । किमको दिसाको विश्लेषण कसैले गर्न नपाऊन् भनी यसो गरिएको छ । लीको दाबी छ ।

लीका अनुसार दिसाबाट स्वास्थ्य परीक्षण हुन सक्ने भएकोले किम जोङले नीजि सौचालय प्रयोग गरेका हुन् । उत्तर कोरियभित्रै पनि किम जोङले सैनिक अड्डा र सरकारसञ्चालित कारखानाको निरीक्षण भ्रमण गर्दा निजी शौचालय लिएर जाने गरेका छन् । किमको गाडीमै शौचालय फिट गरिएको दक्षिण कोरियाली समाचार संस्था डेलीएनकेले दाबी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com