८४ वर्षीय श्रीमानले गर्छन् श्रीमतीको श्रृंगार


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

मोनाको आँखा कमजोर हुँदै गयो । उनी आफ्नो अनुहारको श्रृंगार गर्न सक्दिनथिन् । उनका ८४ वर्षीय “बफादार” श्रीमान् डेस उनको साजसज्जा गर्न तयार भए र तालिम कक्षामा भर्ना भए ।

यो प्रेम कथाले प्रख्यात श्रृंगार कलाकार मरियो डिडोभ्यानोभिकलाई धेरै प्रभाव पार्यो ।

‘हाम्रो बिहे भएको ५६ वर्ष भयो । हामी अझै वैवाहिक सम्बन्धमा छौं जस्तो लाग्छ । मोनाको आँखाको दृष्टि कमजोर हुँदै गएकोले उनी आफ्नो अनुहारको श्रृंगार आफै गर्न सक्दिनन्’, डेसले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मेरो श्रीमतीको बायाँ आँखा धेरै नै कमजोर भइसकेको छ । त्यो आँखाको केही भर छैन । उनले दायाँ आँखाले केही गर्न खोजिन् भने बायाँ आँखाले केही पनि देख्दैन’, उनले भने ।

डेस श्रीमतीको राम्ररी श्रृंगार गरेर उनलाई पहिले जस्तै सुन्दर र तयारी भएको अनुभूति दिलाउन चाहन्थे । त्यसैले उनी तालिम लिन तयार भए ।

श्रीमान्ले आफूलाई श्रृंगार गरेको बेलाको अनुभव मोनाले सुनाईन्, ‘मलाई यो आरामदायी लाग्छ । ननिदाइकन बस्नुपर्छ । उनी बोल्दै मेरो श्रृंगार गरिरहेका हुन्छन् । मैले केही बोल्न पर्दैन ।’

‘जन्मदिनको भोज हुने भयो । मोनाले सजिएर, आफ्नो अनुहारको श्रृंगार गरेर भोजमा जाने इच्छा व्यक्त गरिन्’, डेसले भने ।

यो जोडीको आयरल्याण्डकी श्रृंगार विशेषज्ञ रोजी ओड्रिसकोलसँग भेट भयो ।

‘उनले मलाई मोनाको नेत्रज्योति गुम्दै गएको कुरा बताए । उनका हातहरु धेरै काम्ने गरेको पनि बताए । उनले मेरो हातबाट श्रृंगार को क्रममा प्रयोग गरिने बुरूस लिए र श्रृंगार गर्न थाले । बुरूस समाएको तरिकाबाट थाहा हुन्थ्यो उनको यो कामतिर झुकाब थियो । उनको यो सीप स्वभाविक रूपमा प्रस्फुटन भएको देखिन्थ्यो’, रोजीले भनिन् ।

उनीहरूको प्रेम कथाले अमेरिकाको लोकप्रिय टेलिभिजन कलाकार किम कारड्याशनको श्रृंगार कलाकार मरियो डिडोभ्यानोभिकको मन धेरै छोयो । उनले त्यो जोडीलार्ई लण्डनस्थित आफ्नो तालिम कक्षामा निम्तो दिए ।

‘मलाई यो स्थान र मौका ठूलो रहेछ भनेर थाहा पाउन केही समय लाग्यो’, डेसले भने, ‘यो क्षेत्र र कलाकारिताको बारेमा पहिले हामीलाई केही पनि थाहा थिएन ।’

‘मोना अझै उस्तै छिन् । मेरो कपाल अलिकति रंगिएको छ । म पहिले उनलाई न्याट किङ्ग कोलको गीत गाएर प्रभाव पार्ने कोसिस गर्थें । मोना र म एउटा कुरामा सहमत छौं । हामीलाई लाग्छ थोरैमा नै धेरै छ । त्यसैले म मेरी राम्री मोनाको अनुहारमा श्रृंगार का धेरै सामाग्री थोपर्न चाहन्न’, डेसले भने ।

‘मेरो श्रीमान्लाई म जस्तो छु, त्यसैमा सुन्दर देखिन्छु भन्ने लाग्छ’, मोनाले भनिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com