पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ ।

काश्मिरका पत्रकार सुजत बुखारीको बिहीबार साँझ श्रीनगरमै गोलीहानी हत्या गरिएको थियो । उहाँको हत्या आतङ्ककारीले गरेको अधिाकारीहरुले जनाएका छन् ।

उहाँ श्रीनगरका एकजना वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । अङ्ग्रेजी भाषाको पत्रिका राइजिङ काश्मिर दैनिकका सम्पादक बुखारीको हत्याको कारण खुलेको छैन । कुनै समूहले सो हत्याको जिम्मेवारी पनि लिएको छैन ।

उहाँलाई बिहीबार साँझ आफ्ना दुई जना सुरक्षा गार्डसहित रहेको बेला गोली हानेका थिए । गोली लागेका उहाँलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली लागेका उहाँका दुई जना सुरक्षा गार्डको पनि बाटोमै निधन भएको थियो ।

उहाँको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए ।

उहाँ काश्मिरमा शान्तिका लागि पहल गर्ने एकजना व्यक्ति हुनुहुन्थ्यो । तर अतिवादीहरुले उहाँको भूमिकाको आलोचना गर्ने गर्दथे ।

उहाँलाई बिगतमा पनि पटक पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उहाँलाई स्थानीय सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो ।

उहाँले गत वर्ष दुबइमा भारतीय सरकारको नै प्रतिनिधित्व गरेर काश्मिरका विषयमा पाकिस्तानसँग वार्ता गर्नुभएको थियो । उहाँ ५० वर्षको हुनुहुन्थ्यो ।

उहाँको निधनको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् । (रासस÷एएफपी)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com