अष्ट्रेलियाको पीआरको लागि अब ‘अंग्रेजी बोलचाल’ सम्बन्धि मौखिक परिक्षा नियम ल्याउने तयारि


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

अष्ट्रेलिया सरकारले पीआरको लागि अब ‘अंग्रेजी बोलचाल ‘ परिक्षा नियम ल्याउने तयारि गरेको छ । यो परिक्षा मौखिक हुने बताइएको छ ।

एसबिएस न्युजले नागरिकता मन्त्री एलन टजले उक्त कुराको खुलासा गरेको बताएको छ । एसबिएस न्युजसंगको कुराकानीमा मन्त्री एलन टजले भनेका छन् ,’ अष्ट्रेलियामा रहेका व्यक्ति मध्ये १० लाख जना अंग्रेजी भाषा बोल्न नसक्ने पाइएको छ । यसले समाज तथा देशलाई त असर गर्छ नै, उनीहरु स्वयंलाई पनि असर गर्छ । त्यसैले पीआरको लागि अंग्रेजी बोलचाल सम्बन्धि मौखिक परिक्षा नियम ल्याउने धारणा बनाइएको हो ‘ ।

मन्त्री टजका अनुसार अष्ट्रेलियामा अंग्रेजी भाषालाई प्रयोग गरिने हुँदा अंग्रेजी भाषा बोल्न नसक्ने व्यक्तिहरुलाई काम खोज्न , समाजमा घुलमिल हुन, देशको नियम-कानुन बुझ्न मुस्किल पर्छ । त्यसले स्वयं व्यक्ति, समाज तथा देशलाई असर गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com