शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । कल्पनै नगरेको कुरा, उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशिलो किसिमले हात मिलाएका तस्वीरले अखबारको पहिलो पृष्ठ भरिभराउ छ ।

किम र ट्रम्पबीचको सिङ्गापुर शिखर बैठकलाई “ऐतिहासिक” भनेको प्योङयाङले यो बैठकको प्रचारलाई पनि उत्तिकै महत्व दिएको छ, र उसकै शब्दमा यो अभूतपूर्व हो र यसमा किमले ठूलो सफलता हासिल गरेका छन् ।

प्राविधिकरुपमा दुवै मुलुक अद्यापि युद्धकै स्थितिमा रहेपनि उनीहरुबीच नयाँ सम्बन्धको सूत्रपात गरेको चित्रित गर्दै प्योङयाङबाट बुधबार प्रकाशित पहिलो समाचार (रिपोर्ट)ले दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास बन्द गराउन कीमको आग्रहलाई अमेरिकाले स्वीकार गरेको कुरालाई जोड दिएको छ । साथै, ट्रम्पले उत्तर कोरियामाथिको नाकाबन्दी हटाउने प्रतिबद्धता व्यक्त गरेको र दुवै देशले एकअर्कामाथि आरोप प्रत्यारोपजस्ता नकारात्मक कुरा त्याग्नेमा सहमति जनाएका छन् ।

“केही महिना अघिसम्म सशस्त्र युद्धको चरम खतराको परिस्थिति उल्टाएर कोरियाली प्रायःद्वीप र यस क्षेत्रमै शान्ति र स्थायित्वको वातावरण सिर्जना भएकोमा राष्ट्रपति ट्रम्पले प्रशंसा व्यक्त गर्नुभएको छ, र यसै वर्षको सुरुदेखि नै सम्मानित सर्वोच्च नेता (कीम) ले कोरियाली क्षेत्रमा शान्तिका लागि उपाय अपनाएकोमा धेरैधेरै बधाई,” कोरियाको राज्य नियन्त्रित समाचार संस्था कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले शिखर बैठकको बारेमा निचोड प्रकाशन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो शिखर बैठक हुनुअघि विभिन्न घटनाक्रम तिब्र गतिमा प्रकाशमा आए । नयाँ वर्षको आगमनसँगै किमले आणविक कार्यक्रम सम्पन्न भएको जनाउँदै विश्व समुदायसँग निकटमा रहेर कार्य गर्ने घोषणा गरेका थिए । चीन र दक्षिण कोरियाका नेतासँगको भेटघाट समेतका विभिन्न कुटनैतिक गतिविधिमा उनले विशेष ध्यान दिएको देखिन्छ र यी कुटनीतिक गतिविधि आणविक परीक्षण तथा लामो दूरीका क्षेप्यास्त्रको एकपछि अर्को परीक्षणसँग विल्कुलै मेल खाँदैनन् । अझ, गतवर्ष एकअर्का प्रति लक्षित चेतावनी र गालीगलौजले त कोरियाली प्रायःद्वीपमा युद्धको त्रास नै निम्त्याएका थिए ।

किमले अमेरिकालाई साँच्चिकै अप्ठ्यारोमा पार्न सक्ने किसिमका आधुनिक हातहतियार विकास गरिसकेकोमा जोड दिएका छन् र त्यही आडमा अहिले उनी अर्को चरणमा प्रवेश गरेका हुन सक्छन् । शिखर बैठकमा कीमले त्यही आडमा समान हैसियत राख्दै सहभागी भएको देखाउँदैछन् । आणविक महत्वाकाँक्षा राखेकै कारण उत्तर कोरियाले वर्षौंदेखि नाकाबन्दी सहनु परेको छ ।

आणविक निःशस्त्रीकरणप्रतिको किमको प्रतिज्ञालाई उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले बुधबार यही सन्दर्भका साथ उच्च महत्व दिएर प्रकाशन गरेका छन् । विगतमा अमेरिकाले देखाएको शत्रुतापूर्ण नीतिमा जति लचकता अपनाउँछ त्यति नै प्योङयाङ नरम हुन्छ र कोरियाली प्रायःद्वीपको आणविक निःशस्त्रीकरणलाई पूरा गर्न मद्दत पुग्दछ, सञ्चारमाध्यमले लेखेका छन् ।

“किम जोङ उन र ट्रम्पबीच कोरियाली प्रायःद्वीपमा शान्ति, स्थायित्व र निःशस्त्रीकरणमा अघि बढ्न क्रमिकरुपमा कार्य गर्नेमा सैद्धान्तिक प्रतिबद्धता व्यक्त भएको छ,” केसीएनएले लेखेको छ ।

अमेरिका र उत्तर कोरियाबीचको पहिलो शिखर बैठक अघि नै सबै कुरा टुंगिन्छ भन्ने आशा गर्नु त्यति ठीक अवश्य होइन । तर, दुवै नेता बढीभन्दा बढी शान्तिपूर्ण सम्बन्ध कायम गर्न र त्यस दिशातर्फ उत्सुकतापूर्वक अघि बढेको देखिनु नै ठूलो कुरा हो । दुवै पक्ष यो प्रक्रियालाई अझ चाँडो अघि बढाउन प्रतिबद्ध छन्, र ट्रम्प र कीम दुवैले आ–आफ्ना देशको भ्रमणका लागि निम्तो दिएका छन् ।

अझ रमाइलो कुरा, उत्तर कोरियाले शिखर बैठकमा पर्दा पछाडि चीन छैन भन्ने लुकाएन । किमले प्योङयाङबाट सोझै सिङ्गापुर आउँदा एयर चाइनाको चार्टर बिमान नै प्रयोग गरे ।

यो पनि आगामी दिनको लागि एउटा निर्णायक पाटो हो ।

आगामी केही महिनासम्म कीमका लागि सर्वाधिक ठूलो कार्य नै आर्थिक नाकाबन्दी हटाउन चीनलाई मनाउनु हुनेछ किनभने चीन नै उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । साथै, संयुक्त उपक्रम र पूर्वाधार परियोजनामा लगानी आकर्षित गर्न दक्षिण कोरियालाई लोभ्याउनु हुनेछ ।

तर, यहीबीच उत्तर कोरिया अहिले आफ्ना नेताको नयाँ अवतारमाथि रमाइरहेको छ किनभने उनी अहिले यस क्षेत्रमै सर्वाधिक लोकप्रिय युवाका रुपमा प्रकट भएका छन् ।

“विश्वकै ध्यानाकर्षण गर्न सफल शिखर बैठक आयोजना गरेको सिङ्गापुर यतिबेला स्वदेशी र विदेशी हजारौं पत्रकारले भरिभराउ छ, र यो दिनको प्रतिक्षा गरिरहेका ठूलो जनसमुदाय सिंगापुरमा भेला भएको छ र यो इतिहासमा लामो समयसम्म अंकित रहिरहनेछ ।” केसीएनएले लेखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com