अष्ट्रेलिया गत वर्ष सबैभन्दा धेरै धनाढ्य बसाई सरेको देशको सूचीमा पहिलो स्थानमा


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

अष्ट्रेलिया विद्यार्थीहरुको मात्र नभएर धनाढ्य तथा व्यवसायीहरुको पनि मूख्य गन्तव्य बनिरहेको छ । विश्वभरका व्यक्तिहरुको लागि अष्ट्रेलिया अहिले आकर्षण बनिरहेको छ ।

AfrAsia Bank Global Wealth Migration Review 2018 का अनुसार गत वर्ष अर्थात २०१७ मा ९५ हजार जना धनाढ्यहरु विभिन्न देशमा बसाईसराई गरे । त्यसमध्ये १० हजार जना धनाढ्यहरुले बसाईसराईको लागि अष्ट्रेलियालाई रोजेको देखिएको छ । जस अनुसार, अष्ट्रेलिया विश्वका धनाढ्यहरुको रोजाइको देशमा पहिलो स्थानमा आएको छ ।

त्यस्तै अमेरिकामा गत वर्ष ९ हजार जना धनाढ्य बसाई सराई गरेका छन् । क्यानाडा र संयुक्त अरब इमिरेट्समा ५/५ हजार जना धनाढ्य बसाई सराई गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com