अष्ट्रेलियाको नागरिकता समबन्धि नियम परिवर्तनको प्रस्ताव यस महिना भित्र संसदमा लगिने
प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार
अष्ट्रेलियाको नागरिकता समबन्धि नियम परिवर्तनको प्रस्ताव यस महिना भित्र संसदमा लगिने भएको छ । मन्त्री पिटर डटनले उक्त प्रस्ताव संसदमा पेश गर्ने भएका हुन् ।
अष्ट्रेलियाको नागरिकता सम्बन्धि परिवर्तनको लागि केही समयदेखि सरकारबाट प्रयास भइरहेको छ । गत वर्ष पनि नागरिकता सम्बन्धि नियम परिवर्तनको लागि संसदमा प्रस्ताव पेश गरिएको थियो । तर, विपक्षी दलका नेताहरु उक्त प्रस्तावको विपक्षमा उभिएपछि प्रस्ताव पास हुन सकेन । विपक्षी दलका नेताहरुले हाल पनि यो परिवर्तनको लागि सकारात्मक देखिएका छैनन्।
परिवर्तन हुने नियमहरुमा पीआरको समय दुई वर्षबाट बढाएर चार वर्ष गराइने, अंग्रेजी भाषा परिक्षामा कडाइ, चरित्र जांचमा कडाइ आदि रहेका छन् ।





